२०८२ माघ १ गते बिहिवार

रैथाने खानाको प्रवद्र्धन गर्दै “कुमाख”

डिभाईन टेम्पल एकेडमी र कुमाखबिच शैक्षिक साझेदारी

तुलसीपुर,साउन ६ । रैथाने खाना परापूर्व कालदेखि प्रचलित तथा पुर्खाहरूले खाई आएको खाना हो । रैथाने बालीहरू क्रमिक रूपमा लोप हुँदै जाँदा हाम्रो रैथाने खानाहरु बिस्तारै बिस्तारै ओझेलमा परिरहेको छ ।

समय आधुनिकता तर्फ ढलकिदा हाम्रो भान्सामा प्रयोग हुने रैथाने खाना विस्थापित हुनु चुनौतीको विषय रहेको छ । यही चुनौतीका बापजुत तुलसीपुरमा रहेको कुमाख कलेजले नेपाली रैथाने खानालाई प्रवद्र्धन गर्न गरिरहेको छ ।

“हाम्रो खाना राम्रो खाना हामीले नखाए कसले खाने”स्थानीय रैथाने खाना विस्थापित हैन,स्थापित गर्ने गर्ने उदेश्यका साथ नेपाली रैथाने खानालाई स्थापित गर्नुपर्ने कुमाख कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्निकल साईन्सका संचालक तथा प्रबन्ध निर्देशक तुफान केसीले जानकारी दिए । रैथाने खानाले शरीर स्वस्थ हुनुका साथै उत्पादनको बढावा हुँदा आर्थिकसंग नागरिकलाई जोड्न सकिन्छ ।

यस्तै बाल्यकालमा आमा हजुरआमाले पकाएको कोदोको ढिंडो सिन्की को आचार, मोही सातु खाएको स्मरणमा गर्दै डिभाइन टेम्पलका सञ्चालक भोजराज न्यौपानेले कुमाख कलेजले नेपाली खानालाई आफ्नो प्रमुख व्यबसाय बनाएकोमा खुसी ब्यक्त गरे ।

गरिब परिवारको व्यक्तिले मात्र ढिंडो अटो खान्छन् भन्ने पुरानो सोच परिवर्तन भई अहिले पाँचतारे होटलमा समेत ढिँडो आँटो पाक्ने गरेको उनको भनाई छ ।

नेपालीको मौलिकता बचाइराख्न आफ्नो भान्सा होस् या सार्वजनिक कार्यक्रममा खाना, खाजाको लागि नेपाली खानाको प्रयोग हुनुपर्ने तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारी भनाई छ । कलेजले नेपाली खाना अन्तगर्त सिस्नो, ढिंडो, सातु, मोही, लोकल कुखुरा, गुन्द्रुक, सिलामको आचार आदि खान हरु खुवाउँदै आएको छ ।i

यसैबिच कुमाख कलेज र डिभाईन टेम्पलका बिच शैक्षिक साझेदारी भएको छ । डिभाईन टेम्पलमा होटेल म्योनेजमेन्ट पढने विद्यार्थीले कुमाखमा प्रयोगात्मक कक्षा लिन पाउने र कुमाखमा पढेका विद्यार्थीले डिप्लोमाका लागि डिभाईनमा पढ्ने गरी शैक्षिक साझेदारी भएको हो ।

कलेजका प्रवन्ध निर्देशक तुफान केसी र डिभाईन टेम्पलका संचालक भोजराज न्यौपानेका बिच शैक्षिक साझेदारी भएको हो ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *