२०८२ माघ १० गते शनिवार

वन रक्षकको परीक्षा दिने ३ जना नक्कली परीक्षार्थी पक्राउ

कास्की,असार २३ । वन रक्षकको परीक्षामा ३ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

लोक सेवा आयोग, गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको लागि भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजातहरु जाँच गर्ने क्रममा ३ जना नक्कली परीक्षार्थी फेला परेका हुन् ।

गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा हिजो शुक्रबार परीक्षा भएको हो ।

पक्राउ पर्नेमा कालीकोट जिल्ला रास्कोट २, सिपखानाका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट ४ सिउनाका २० वर्षीय गौरी संज्याल र १८ वर्षीय अर्का एक जना छन् । उनी नाबालक भएकोले प्रहरीले परिचय खुलाएको छैन ।

उनीहरुले परीक्षार्थीहरुको नामको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर परीक्षा दिँदै गरेका थिए ।

उनीहरुलाई जिल्ला अदालतबाट शिक्षा ऐनसम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिए ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *