२०८१ बैशाख ७ गते शुक्रवार

श्रीमतिको स्मृतिमा भवन र प्रतिक्षालय निर्माण

दाङ, वैशाख ३ । घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी मेघवहादुर केसीले आफ्नी स्वर्गिय श्रीमती वसन्ता केसीको सम्झनामा मन्दिर परिसरमा एक कोठे भवन र प्रतिक्षालय निर्माण गरि दिएका छन् । घोराही वडा नं १८ गिठेपानी, मसिनामा रहेको त्रिमु्ती नागदेब मन्दिरमा एक कोठे भवन र प्रतिक्षालय निर्माण गरि दिएका हुन । आफ्नी श्रीमतीको नाम वचाइ राख्नका लागि सानो भएपनि काम गरेको उनले बताए ।

उक्त भवन तथा प्रतिक्षालय २ लाख ३ हजार ७ रुपैंया खर्च भएको मेघवहादुरले जानकारी दिए । यसैबीच भवन तथा प्रतिक्षालय मन्दिर व्यवस्थापन समितिलाई हस्तान्त्रण गरिएको छ । एक कार्यक्रमको आयोजना गरि निर्माण कर्ता केसीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खड्गवहादुर विष्टलाई मंगलावर नव निर्मित संरचना हस्तान्त्रण गरेका हुन ।

प्रकाशित मिति : २०७६ बैशाख ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *