२०७७ मङ्सिर १८ गते बिहिवार

ढलान गर्दागर्दै पुल भत्किदा पाँचजना घाइते

बुटवल, बैशाख २ ।
ढलान भइरहेको पक्की पुल भत्किदा पाँचजना घाइते भएका छन् । गुल्मीको मुसिकोट नगरपालिकाका ३ र ७ वडा जोड्ने गुल्मीको बडीगाड खोलास्थित झेर्दीको पुल आइतबार बेलुका भत्किएको हो ।

पुल भत्किएपछि च्यापिएर पुलका ठेकेदार ऋषिराम इटानी गम्भीर घाइते भएका छन् । उनीसंगै थप चार जना घाइते भएका छन् । जसमा मुसिकोट नगरपालिका– वडा नं. ३ निवासी २३ वर्षीय रामबहादुर कुमाल,३३ वर्षीय गणेश कुमाल, सोही वडा नं. ४ का ५१ वर्षीय रूद्रबहादुर कार्की र बाग्लुङको बडीगाढ गाउँपालिका ७ का जेसिवी चालक तुलबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

यो पुल पुलको दुई दिन अघि मात्र ढलान गरिएको थियो । निर्माणाधिन पुल वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालिले निर्माण गर्दागर्दै भत्किएको हो। पुल ५५ मिटर लामो छ । मापदण्ड अनुरुप गुणस्तरमा पुल निर्माण नहुँदा भत्किएको हो । पुल निर्माणमा हालसम्म तीन करोड बढी खर्च भइसकेको जानकारी दिइएको छ । २०७३ सालमा सम्झौता भएर गत वर्षदेखि पुल निर्माणको काम सुरु भएको थियो ।

प्रकाशित मिति : २०७६ बैशाख २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *