२०८२ जेष्ठ १३ गते आइतवार

हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

झापा,असार १२ । हात्तीले आक्रमण गर्दा झापाको हल्दिबारीमा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ४ बजे भद्रपुर नगरपालिका वडा नम्बर ७ बस्ने ५३ वर्षका गिरेन कर्मकारलाई हात्तीले आक्रमण गरेको हो ।
जङ्गलमा च्याउ टिप्न गएका बेला उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *