२०८३ असार २९ गते सोमवार

युवा पत्रकारिता पुरस्कारबाट चार पत्रकार सम्मानित

काठमाडौँ,असार ८ । युवा तथा खेलकुद मन्त्रालयले बिहीबार १४ जनालाई सम्मानित गरेको छ। राष्ट्रिय युवा प्रतिभा सम्मानबाट १० तथा युवा पत्रकारिता पुरस्कारबाट चार पत्रकार सम्मानित भएका हुन्।

राष्ट्रिय युवा प्रतिभा सम्मान पाउनेमा कृषितर्फ हिराबहादुर घर्ती र चन्द्रप्रसाद बस्नेत, वातावरण संरक्षणतर्फ हिरुलाल डंगौरा, युवा सशक्तिकरण र नेतृत्व विकासतर्फ भावना भट्ट र दिवाकर अर्याल, पर्यटन पर्वद्र्धन र समाज सेवातर्फ वि विएल राइज फाउण्डेशन, पर्यटन पर्वद्र्धनतर्फ सिर्जना ओली, समाज सेवातर्फ शौरभ रिमाल, विज्ञान तथा प्रविधितर्फ दिपेन्द्र नेपाली तथा स्वास्थ्यतर्फ डा राम थापा क्षेत्री रहेका छन् । पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।

यसैगरी सम्मानित हुने सञ्चारकर्मीमा विनोद घिमिरे ९दाङ०, मेनुका ढुङ्गाना (अछाम), प्रकाश सिंह (बाजुरा) र केशरबहादुर रोका (प्युठान) रहेका छन्। युवा पत्रकारिता पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ । सम्मानित भएकाहरुलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सम्मानपत्र वितरण गरेका थिए।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत,नेपाल पत्रकार महासंघका सचिव पवन आचार्यलगायतको सहभागिता थियो। मन्त्रालयले हरेक वर्ष देशभरबाट पत्रकार तथा अन्य प्रतिभा छनोट गरेर सम्मान गर्दैआएको छ।

प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *