दंगीशरण,असार ४ । दंगीशरण गाउँपालिकाको आयोजनामा जेठ ३१ शुरु भएको सामुदायिक विद्यालयका बालविकास शिक्षकहरुका लागि ५ दिने मन्टेश्वरी तालिम सम्पन्न भएको छ
सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षकहरुको क्षमता अभिवृद्धि गरि प्रारम्भिक वालविकास केन्द्रमा अध्ययनरत बालवालिकाको सिकाइ सुधार गर्ने उदेश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।
उक्त तालिमको प्रशिक्षण मारिया इन्टरनेसनल मन्टेश्वरीकी दिप्ती रानाले सहजकर्ताको भूमिका निर्वाह गरेकि थिइन ।
तालिमको समापन कार्यक्रममा बोल्दै बालविकास शिक्षक तेजा केसी र खड्काले तालिम उपयोगी भएको बताएका थिए ।
त्यस अबसरमा गाउँपालिका अध्यक्ष शम्भु गिरी,प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराई
सामाजिक विकास समिति संयोजक रोशनजंग शाहले शिक्षकलाई समय अनुसार विभिन्न तालिमहरु प्रदान गरि समग्र गाउँपालिकाको शिक्षालाई गुणस्तरीय बनाउने लक्ष्य लिएको बताए ।
उनीहरुले आफूले सिकेका सीप कक्षा कोठामा प्रयोग गर्न निर्देशन दिदै विद्यालय शिक्षा सुधारका लागि आफू लागि पर्ने समेत बताए ।