जुम्ला,असार २ । जुम्लाको तातोपानी गाउँपालिका– ४ का १२७ जेष्ठ नागरिकलाई सहायता सामग्री वितरण गरिएको छ।
४ नम्वर वडा कार्यालयले वडाको हाँकु, गिडीखोला, गोतामवाडा र नियापानीका जेष्ठ नागरिकलाई सहायता सामग्री वितरण गरेको हो।
वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार लक्षित वर्ग कार्यक्रमअन्र्तगत जेष्ठ नागरिकलाई हिँडडुल गर्नका लागि लट्ठी तथा हर्लिक्स र आयूर्वेदिक औषधि वितरण गरिएको हो।
एक जेष्ठ नागरिकबराबर एक हजार ८०२ रुपैयाँको लट्ठी, पाँच सय रुपैयाँको हर्लिक्स र दुई सय रुपैयाँको आयूर्वेदिक औषधि वितरण गरिएको वडा सचिव टिकराज न्यौपानेले बताए।
‘१२७ जेष्ठ नागरिकलाई तीन लाखबराबरको सहायता सामग्री वितरण गरिएको हो,’ उनले भने।
प्रकाशित मिति : २०८० असार २ गते शनिवार
