२०८२ चैत्र ३ गते मङ्गलवार

रुकुम पश्चिममा ५५ थान बेवारिसे काठ बरामद

रुकुम पश्चिम, जेठ ३१ । रुकुम पश्चिममा ५५ थान बेवारिसे काठ बरामद भएको छ ।

डिभिजन वन कार्यालय रुकुम पश्चिमले मुसीकोट नगरपालिका –२ को घ्युखोला नजिकबाट बेवारिसे अवस्थामा रहेका ५५ थान गोलिया र चिरान काठ बरामद गरेको हो ।

कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार डिभिजन वन कार्यालय रुकुम पश्चिमअन्तर्गत मुसिकोट सब डिभिजन वन कार्यालयको क्षेत्रमा बेवारिसे अवस्थामा रहेका काठ बरामद गरिएको हो ।

बेवारिसे अवस्थामा रहेको टुनी जातको १५ थान गोलिया काठ र ४० थान चिरान काठ बरामद गरिएको कार्यालय प्रमुख परियारले जानकारी दिए । बरामद गरिएको काठ डिभिजन वन कार्यालयमा ल्याइएको छ ।

बेवारिसे अवस्थामा रहेका काठको हकदावीका लागि ३० दिने सूचना आह्वान गरिने बताइएको छ ।

हकदावीका लागि कोही पनि सम्पर्कमा नआएमा लिलाम प्रक्रियामा लगिने वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *