२०८३ असोज २८ गते बुधवार

नागरिकता माग गर्दै माइतीघरमा आत्मदाह प्रयास

काठमाडौं ,जेठ ३० । नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ ।

त्यस क्रममा एक युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । रिजालले ती युवकको नाम आफूलाई प्राप्त नभएको बताए ।

‘आफैंलाई पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेका थिए, पेट्रोल खन्याउँदा खन्याउँदै प्रहरीले रोकेको हो, अहिले उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ’ उनले भने ।

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *