२०८३ भाद्र ३० गते मङ्गलवार

कुटपिटबाट एक पुरुषको मृत्यु

बुटवल,जेठ २८ । बुटवल उपमहानगरपालिका–११ देविनगरमा कुटपिटबाट एक पुरुषको मृत्यु भएको छ ।

ठेला व्यवसाय गरेर बस्ने ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरुको समूहले कुटपिट गरी हत्या गरेको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

हत्यामा संलग्न भएको आरोपमा ११ वर्षीय नावालकसहित ३१ वर्षीय गणेश थापालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

बुटवल देविनगरस्थित पुरानो ट्रायल सेन्टरको पछाडि तिनाउ नदीको बगरमा प्रसा लुटपाट गर्ने उद्देश्यले ढुङ्गाले टाउको लगायतका अङ्गहरुमा प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न युवाहरु बजार क्षेत्रमा लागुऔषध सेवन गर्ने तथा लुटपातका गतिवधि समेत गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

मृतक पुरुषको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *