२०८३ भाद्र २७ गते शनिवार

देशका पहाडी जिल्लामा क्षणिक वर्षाको सम्भावना

काठमाण्डौ,जेठ २४ । देशका पहाडी जिल्लामा आज क्षणिक वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

हाल देशका केही पहाडी भागमा आंशिकदेखि सामान्य बदली छ भने अन्य स्थानमा मौसम सफा रहेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघ–गर्जनसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *