२०८३ भाद्र ३० गते मङ्गलवार

जन्मदिनमा मानबसेवा आश्रममा भोजन

तुलसीपुर,जेठ १५ । तुलसीपुर-६ रजौरा निवासी सालिक राम वलीले आफ्नो छोरीको जन्मदिनको अबसरमा मानव सेवा आश्रममा आश्रित करिव ६० जना असक्त ,असहाय, परिवार बिहिन ब्यक्तिहरुलाई एकछाक भोजन खुवाएर मनाइदिएका छन्।

४ वर्षिय छोरी श्रीजाको जन्मदिनमा होटेल रेस्टुरेन्टमा गरिने फजुल खर्चको सट्टा एउटा मानविय सहयोगको भावना सबैमा जागोस् भन्ने उदेश्यले यो पूण्य काम गरेको वलिले बताए।

तुलसीपुर नगर जेसीजका अध्यक्ष समेत रहेका उनले यस्ता असक्त ,असहाय, परिवार बिहिन ,बजारको सडक पेटिमा मागेर हिड्ने ब्यक्तिहरुलाई आश्रय दिइ पालन पोषण गरिरहेको मानव सेवा आश्रमलाई आफुहरु यही ठाउको स्थानिय बासिन्दा भएको नाताले पनि सबैले आर्थीक एबम् भौतिक सहयोग गर्नुपर्ने बताए।

उक्त अबसरमा समाजसेवी ढक बहादुर रावत,तुलसीपुर नगर जेसीजका निबर्तमान अध्यक्ष केशबराज के सी,रेणु रावत ,मानव सेवा आश्रमका हिरु लगाएतको उपस्थिती रहेको थियो।

प्रकाशित मिति : २०८० जेष्ठ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *