२०८३ असोज २८ गते बुधवार

राष्ट्रिय परीक्षा बोर्डले ग¥यो तीन केन्द्राध्यक्षलाई कारबाही

काठमाण्डौ ,जेठ २ । राष्ट्रिय परीक्षा बोर्डले तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ ।

बोर्डले वैशाख २७ गतेदेखि सञ्चालन गरिरहेको कक्षा १२ को परीक्षामा तीन जना केन्द्राध्यक्षले परीक्षाको मर्यादा विपरीत काम गरेको भन्दै कारबाही गरेको छ ।

बोर्डले मित्रपार्कमा रहेको टेक्सास इन्टरनेसनल सेकेन्डरी स्कुलका केन्द्राध्यक्षले परीक्षाको मर्यादा विपरीत काम गरेको भन्दै बर्खास्त गरेको छ ।

त्यस्तै कैलाशकुट बहुमुखी क्याम्पस, मित्रपार्कका केन्द्राध्यक्ष र कुमारी आवासीय मावि बौद्धका केन्द्राध्यक्षले परीक्षाको उचित वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएको छ ।

बोर्डले सूचना जारी गर्दै तीन जना केन्द्राध्यक्षलाई कारबाही गरिएको जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *