२०८३ भाद्र ३० गते मङ्गलवार

१५ बूँदे माग राख्दै प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले सुरु गरे अनसन

बर्दिया,बैशाख ३१ । पूर्व मन्त्रीसमेत रहेको प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले अनसन सुरु गरेका छन् ।

बबई नदी स्थित जब्दीपुल निर्माणको माग राख्दै सांसद गौतमले शनिबार साँझ देखी अनसन सुरु गरेका हुन् ।

पूर्व सिँचाइ मन्त्रीसमेत रहेका सांसद गौतमले जब्दीपुल निर्माण, बबई सिँचाइ आयोजनामा बजेट सुनिश्चितता, गुलरियामा तटबन्ध निर्माणको बाँकी काम गर्नुपर्ने लगायतका १५ बूँदे माग राख्दै आमरण अनसन सुरु गरेको जनाएका छन्।

सो अनसनमा बस्नु अघि सांसद गौतमले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालमार्फत प्रधानमन्त्रीलाई आफ्नो मागसहितको ज्ञापन पत्र बुझाएका थिए ।

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीको जब्दीघाटको पुल हस्तान्तरण नहुँदै क्षतिग्रस्त भए पछि सो पुल पुनः निमार्ण गर्नुपर्ने उनको प्रमुख माग रहेको छ।

प्रकाशित मिति : २०८० बैशाख ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *