२०८३ असोज २८ गते बुधवार

असिना पानीले स्याउ र ओखरका फूल नष्ट

जुम्ला,बैशाख २७ । असिनाले स्याउ र ओखरका फूल नष्ट भएका छन् ।

एक हप्ता अगाडि परेको असिना पानीले फुलेका स्याउको फूल नष्ट गरेको किसानले बताएका छन् ।

सिंजा गाउँपालिका २ का वडाध्यक्ष तिर्थवडका अनुसार असिना पानीले ८ हजारभन्दा बढी स्याउका विरुवाको फूल नष्ट गरिदिएको छ ।

स्याउ फुल्ने समयमा असिना आएपछि ठूलो क्षति भएको किसान पूर्णचन्द्र आचार्यले बताउनुभयो ।

पारीदेव, ओखलदुडिचौर, लामासिमलगायतका क्षेत्रमा झण्डै ८ हजार स्याउका विरुवामा असिनाले क्षति पुर्‍याएको छ ।

यस्तै, तिला गाउँपालिका वडा नम्बर ९ मा पनि असिना पानीले स्याउका विरुवामा नोक्सानी पुर्‍याएको छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार असिनाले क्षति पुगेको बगैँचाको अनुगमन गर्ने तयारी छ ।

असिना पानीले क्षति पुर्‍याउन थालेपछि जुम्लामा स्याउका बोटको बिमा गर्न थालिएको छ ।

जुम्लाका ३ हजार ४ सय ६० जना किसानले स्याउका विरुवाको बिमा गरेका छन् ।

प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *