२०८३ असोज ७ गते बुधवार

व्यवसायी कँडेल आत्महत्या प्रकरणमा चितवन बन्द

काठमाडौँ,बैशाख २३ । पोल्ट्री व्यवसायी शंकर कँडेल न्यायिक संघर्ष समितिले शनिबार चितवन बन्दको आह्वान गर्दा जनजीवन प्रभावित बनेको छ। यातायात क्षेत्र पनि प्रभावित भएको छ।

लामो दूरीका गाडी सञ्चालन हुन सकेका छैनन्। छोटो दूरीका गाडी पनि सहज रूपमा चल्न सकेका छैनन्। बन्दकर्ताले पुलचोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा जम्मा भएर गाडी चलाउन रोकेका छन्।

मोटरसाइकलमा हिँडेका बन्दकर्ताले चितवनको विभिन्न स्थानमा पुगेर बन्द गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्रोतले जनाएको छ।

व्यवसायी कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने मुख्य व्यक्ति पक्राउ नपरेको भन्दै संघर्ष समितिले शनिबार चितवन बन्दको आह्वान गरेको हो।

कँडेलको आत्महत्या प्रकरणमा जोडिएका प्रदीप रुगटालाई हालसम्म पक्राउ नगरिएको भन्दै चितवन बन्द गरिएको हो।

प्रकाशित मिति : २०८० बैशाख २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *