२०८२ चैत्र १ गते आइतवार

तुइन तर्ने क्रममा खसेर एक जनाको मृत्यु

दार्चुला, वैशाख १० । दार्चुलाको व्यास गाउँपालिका २ तल्लो दुम्लिङस्थित घुमले भन्ने स्थानमा बस्ने ४५ वर्षीय सिन्दलसिंह भण्डारीको महाकाली नदीमा रहेको तुइन तर्ने क्रममा खसेर शनिवार दिउँसो मृत्यु भएको छ ।

तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा भारततर्फ मन्ती भन्ने स्थानमा शव फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *