२०८३ असोज २८ गते बुधवार

जंगली हात्तीको आक्रमणमा परी एक वृद्धको मृत्यु

झापा,बैशाख ९ । जंगली हात्तीको आक्रमणमा परी झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका एक वृद्धको मृत्यु भएको छ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार शनिवार बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेको हो।

बारीमा पाक्न लागेको मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईलाई हात्तीले आक्रमण गरेको प्रमुख राईले जानकारी दिए।

डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको जनाउँदै उनले थप विवरण आउन बाँकी रहेको बताए।

जिल्लाको पूर्वी क्षेत्र बाहुनडाँगी हुँदै भारतबाट समेत जंगली हात्तीको हुल नेपाल प्रवेश गरिरहेको छ भने दर्जन संख्यामा रैथाने हात्ती स्थानीय जंगलमा बस्ने गरेका छन्।

हुलबाट एक्लिएको जंगली हात्तीले मान्छेलाई आक्रमण गर्ने गरेको स्थानीय बताउँछन्।

प्रकाशित मिति : २०८० बैशाख ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *