२०८३ असोज ४ गते आइतवार

प्रहरी र मिटरब्याज पीडितबीच झडप

काठमाडौँ,बैशाख ४ । काठमाडौँको शान्तिबाटिकामा मिटरब्याज पीडित र सुरक्षामा खटिएको नेपाल प्रहरीको टोलीबीच झडप भएको छ।

मिटरव्याज पीडितहरूको समूहला‍ई प्रहरीले मार्चपास गर्न नदिएपछि दुवै समूहबीच झडप भएको हो।

प्रहरीले शान्तिवाटिका भित्रै गएर पीडितहरूमाथि जथाभावी रूपमा कुटपिट गरिरहेको छ। कुटपिटबाट पीडितहरू घाइते भएका छन्।

झडपको क्रममा प्रतिवाद गर्दै प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो।

चर्को ब्याजका कारण आफूहरू मारमा परेको भन्दै सरकारसमक्ष ६ बुँदे माग राखेको मीटरव्याज पीडितहरूको टोलीले केही समययता राजधानीमा विरोध तथा धर्नाका कार्यक्रमहरू गरिरहेको छ।

प्रकाशित मिति : २०८० बैशाख ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *