यमकला भुसाल,
तुलसीपुर,चैत १५ । नेपाल महिला एकता समाज दाङ्को आयोजना तथा नेपाल महिला एकता समाज केन्द्रिय कार्यालयको सहयोगमा शुक्रवार देखि तुलसीपुरमा ३ दिने सिप विकासका लागी व्यवसाय क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । उक्त तालिमको शुक्रवार तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यले एक कार्यक्रमका बिच पानसमा बत्ती बालेर उद्घाटन गरेकी हुन् ।
समाजकी जिल्ला अध्यक्ष एमुना परियारको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले पहिलेको तुलनामा अहिले महिलाहरु धेरै शिक्षीत र बोल्न सक्ने भएको बताइन । हिजो महिलालाई राज्यले पछाडी परेको थियो र हामी पछि परेका थियौँ,उनले भनिन, तर अहिले प्ुर्ण रुपमा सविधान बनेको छ र कानुन पनि । उनले महिलाका कानुन बनाउन र बनेका कानुन कार्यान्यवन गर्न केन्द्र देखि स्थानीय तहहरुसम्म जुटेको बताइन ।
कार्यक्रममा बाल्दै नेपाल एकता समाजकी केन्द्रीय कोषाध्यक्ष बिना बुदाचार्यले नेपाल एकता समाज विभिन्न ठाउँमा सुकुम्बासीमा बस्ने अधिकाशं मानिसहरुको सस्थाँ रहेको बताइन । अशिक्षीत,बेरोजगार,कुना कन्दरामा छरिएर रहेका ,ऐलानी जग्गामा बसोबास गर्दे आएका सुकुम्बासी महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउने , समाजमा स्थापीत जिवनयापन गर्नेका लागी भुमिहिन तथा आवास बिहिन सुकुम्वासी महिलाहरुको क्षमता विकास गर्ने, उनीहरुले गरेका व्यवसायलाई कसरी बजार बजार व्यवस्थापन गर्ने,आयआर्जमा कसरी टेवा पु¥याउन सकिन्छ भन्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको बताइन । साथै उनले महिला हिसां तथा जवरजस्ती उठिवास अन्तयको लागी विशेष रुपमा पहल गर्ने उद्देश्यले आफु लागीपरेको बताउइन ।
सो अवसरमा सहभागी नारायणी पाण्डे,पत्रकार अञ्जना चौधरी लगाएतले आफ्नो धारणा राखेका थिए । ३ दिने तालिममा बाके,बर्दिया, कपिलबस्तु, रुपन्देही र दाङ गरि ५ वटा जिल्लाका महिलाहरुको सहभागीता रहेको छ । कार्यक्रमको सहजीकरण नेपाल एकता समाजकी जिल्ला कोषाध्यक्ष अञ्जना पुनले गरेकी थिइन् । उक्त तालिमको प्रशिक्षकमा नेपाल एकता समाजकी कोषाध्यक्ष बिना बुदाचार्य र बिना श्रेष्ठ रहेका छन ।