२०८१ बैशाख १० गते सोमवार

जनज्योति विद्या मन्दिरले रजत महोत्सव

दाङ, फागुन ९ । घोराही उपमहानगरपालिका-१५ मा रहेको जनज्योति विद्या मन्दिरले रजत महोत्सव
मनाएको छ ।

विद्यालयले २५ औं वर्ष प्रवेश गरेको अवसरमा सोमबार एक कार्यक्रमको आयोजना गरेर रजत महोत्सव एव अभिभावक दिवस मनाएको हो ।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले युग र प्राविधि अनुसारको शिक्षा र सभ्य नागरिक निर्माणमा विद्यालयहरुले भूमिका खेल्नुपर्ने बताएका छन् ।

नगर प्रमुख चौधरीले घोराहीमा ९६ वटा बिद्यालयहरु रहेको भन्दै सबै विद्यालय गुणस्तरीय शिक्षासंगै आफ्नो सफलतालाई काम राख्दै अघि बढनुपर्ने बताएका छन् । सस्थागत विद्यालयहरुले गुणस्तरीय शिक्षा दिएर विद्यार्थी र अभिभावकको मन जितिरहेका छन् ।

उनलेे अहिले सरकारी विद्यालयबाट मात्रै गुणस्तरीय शिक्षा दिन सक्ने अबस्था नरहेको भन्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षासंगै शैक्षिक बिकासका लागि निजी विद्यालयको पनि भूमिका रहेको बताएका थिए ।

बिकास र समृद्विको मुल आधार शिक्षा रहेको भन्दै उनलेे हरेक नागरिकले आफ्नो सन्तानलाई गुणस्तरीय शिक्षा दिन चाहेको भन्दै त्यो जनज्योतिले पूरा गरिरहेको बताएका थिए । शिक्षाले समाजमा जातीय विभेद, छोराछोरीबिचको विभेदसंगै वर्गीय बिभेदको अन्त्य गरेको बताए थिए ।

कार्यक्रममा प्याव्सन दाङका वरिष्ठ सल्लाहकार केशव थापा, घोराही प्याव्सनका अध्यक्ष बिरेन्द्र चन्द,विद्यालयका अभिभावक समेत रहेका नेपाल पत्रकार महासघ दाङ शाखाका पूर्व अध्यक्ष सविन प्रियासन, विद्यार्थी आभा शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालय प्रिन्सीपल मदनराज रेग्मीले समग्र अबस्थाको बारेमा जानकारी गराएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशकुमार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका जीवनकुमार आचार्यले गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न भाषाभाषीमा नृत्यसंगै विज्ञान कला,चित्रकला लगायतका विभिन्न सामग्री प्रदर्शनीमा राखेका थिए । विद्यालयमा २१ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *