२०८१ भाद्र २८ गते शुक्रवार

बिषादी नियन्त्रण गर्न अभिमुखीकरण

शिवु खनाल,
देउखुरी, चैत ९ । कृषि विषयको पढाई हुने पृथु टेक्नीकल कलेजमा बिषादीको प्रयोगलाई कसरी घटाउन सकिन्छ भन्ने बारेमा राखिएको प्रशिक्षणमा किसानले भाग लिएका छन् । कार्यक्रममा तुलसीपुर देखी देउखुरी सम्मका किसानको उपस्थिती रहेको थियो । जलवायु परिवर्तनका निम्ति नेपाली युवाहरुको सञ्जाल दाङले किसानहरु संग कृषि, विषादी र जलवायू परिवर्तन सम्वन्धि एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमबाट किसानहरुले लाभ लिएका छन् । कार्यक्रममा कलेजमा बागबाणीका प्रध्यापक तेजप्रसाद शर्माले विषादीको प्रयोग घटाएर जैविक विषादीको प्रयोग गर्न सकिने बारेमा प्रशिक्षण दिएका छन । सञ्जालका अध्यक्ष जीवन उप्रेतीको अध्यक्षता एवम् पृथु टेक्नीकल कलेजका अध्यक्ष प्रदिपराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै शर्माले क्याम्पसले कोरियाको टेक्निकल कलेज संग सम्झौता गरेर कृषि क्षेत्रको विकासमा अघी बढ्ने अवसर प्राप्त गरेको जानकारी दिए ।

कार्यक्रममा जोरी जोनका प्रमुख ईन्द्र ओली, नेपाल पत्रकार महासंघका उपाध्यक्ष लिला शाह लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो । सञ्जालका सञ्चार संयोजक अमरदिप बस्नेतको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण प्रवेश कार्कीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *