२०८१ बैशाख १३ गते बिहिवार

सगरमाथा बालबाटिकाको खेल सप्ताह सुरु

तुलसीपुर,माघ २५ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवा स्थित सगरमाथा बालबाटिका बोर्डिङ स्कुलको मंगलबार देखि खेल सप्ताह सुरु भएको छ।

विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समावेश गराई विद्यार्थीको मानसिक, शारीरिक, सामाजिक,संवेगात्मक लगायत चौतर्फी विकास गरी अनुशासित एवम् कुशल र सफल नागरिक बनाउने उदेश्यका साथ खेलकुद सप्ताह सुरु भएको हो।

विद्यालयका प्रधानाध्यापक छवि कुमार ओलीको अध्यक्षतामा भएको कार्यक्रममा अतिरिक्त खेल संयोजक पबिता बिस्वकर्माले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन ।

कार्यक्रम मंगलबार देखि शुक्रबार सम्म हुनेछ।

तीन दिनको खेलकुद सप्ताह सिनियर तर्फ फुटबल, नौ सय मिटर दौड (छात्र- छात्रा), जुनियर तर्फ तातो आलु (Hot patato), नृत्य कार्यक्रम, भ्यागुतो दौड लगायतका खेल हुनेछन।

त्यसैगरि बिद्यालयको अभिभावक दिवस यहि माघ २८ गते शनिबार हुनेछ ।

प्रकाशित मिति : २०७९ माघ २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *