२०८२ माघ २८ गते बुधवार

रुकुम गाड जलविद्युतको उत्पादन परीक्षण गरिँदै

रुकुम पूर्व, माघ ९ । रुकुम गाड जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न भएसँगै परीक्षणको तयारी हुने भएको छ ।

सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापैरामा निर्माण भइरहेको पाँच मेगावाटको विद्युत आयोजनाको काम सकिएको हो ।

आयोजना निर्माणको काम लगभग सबै सकिए पनि पावर हाउसभित्रको थोरै काम बाँकी रहँदा परीक्षणको समय केही पछि धकेलिएको निर्माण कम्पनीले जनाएको छ ।

यही माघको ७ गतेबाट १२ गतेसम्म आयोजना परीक्षण गर्ने भनेर सूचना निकालेको निर्माण कम्पनीका प्रबन्धक रामचन्द्र त्रिपाठीले जानकारी दिए ।

कम्पनीले माघको २० गते आयोजनाको परीक्षण कार्य सुरु गरिने प्रबन्धक त्रिपाठीले बताए । रुकुम गाड जलविद्युत् आयोजनाको लागत खर्च एक अर्ब ३० करोडको हाराहारीमा रहेको आयोजनाले जनाएको छ । सन् २०१८ बाट सुरु भएको यो काम पाँच वर्षमा सम्पन्न भएको थियो ।

बीचमा कोभिडका कारण काममा केही असर परेको थियो । रूकुम पूर्वमा उत्पादन गरिएको पाँच मेगावाट विद्युत् रुकुम पश्चिमको धैरेनी चौरमा रहेको सबस्टेशनमा जोडेर त्यहाँबाट वितरण गरिनेछ ।

यसको तयारी पनि भइसकेको आयोजनाले जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ माघ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *