२०७७ कार्तिक १४ गते शुक्रवार

करेन्ट लागेर एक जनाको मृत्यु

घोराही, फागुन २४ । दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । तुुलसीपुुर उपमहानगरपालिका–१८ विजौरीमा करेन्ट लागेर सल्यानको कपुुरकोट गाँउपालिका–५ पाङराङका दिपेशकुमार विकको मृत्यु भएको हो ।

विजौरीमा निर्माणाधिन घरमा आल्मुनियमको पाइप जडान गर्दै गरेको बेला पाइपले घर नजिकैको विद्युतको हाइभोल्टेजको तार छुदा करेन्ट लागेको थियो । ११ हजार भोल्टेजको करेन्ट लागेर गम्भीर घाइते भएका विकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक विकको शव पोष्टमार्टमका लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा राखिएको आफन्त जीवन नेपालले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *