झापा,कात्तिक २७ । झापामा पुलबाट खसेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मेचीनगरमा पुलबाट खसेर बुद्धशान्ति– ५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको हो ।
दोकानडाँडाबाट पूर्व मेचीनगर–३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ कार्तिक २७ गते आइतवार
