२०८१ साउन ५ गते शनिवार

२८ वर्षीया महिला बलात्कारको आरोपमा २० वर्षीय युवक पक्राउ

कपिलवस्तु,काीत्तक २१ । कपिलवस्तुमा एक जना २८ वर्षीया महिला बलात्कृत भएकी छन् ।

ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–२ अभिराव बस्ने २० वर्षीय जोगिन्द्र पासी छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पासीले ती महिलालई बलात्कार गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *