राजेश खत्री,
दाङ, फाल्गुन २०। आज महाशिवरात्रीको दिन दाङको प्रसिद्द धार्मिक स्थल तुलसीपुर उपमहानगरपालिका १२ स्थित शितलपुरमा रहेको शिद्देश्वरी शिव मन्दिरमा दर्शनार्थीको घुइचो लागेको छ ।
शिद्देश्वरी शिव मन्दिरमा सत्ययुगमा पाँच पण्डवले विहारका क्रममा शितलपुर स्थित सरयु गङ्गा नदीमा स्नान गरेको र शिव मन्दीरमा आएर धुप बालेको धार्मिक आस्थाका कारण यंहा प्रत्यक वर्ष महाशिवरात्रीको दिन मेला लाग्ने गर्दछ ।
महाशिवरात्रीको अवसरमा बिहानै देखि दर्शनार्थीले पुजापाठ, भजन कृतन गरेका छन ।
प्रकाशित मिति : २०७५ फाल्गुन २० गते सोमवार