२०८२ मङ्सिर २७ गते शनिवार

कैलालीको चौमाला बजारमा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरको क्षति

कैलाली ,कात्तिक १३ । कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारमा गए राति आगलागी हुँदा झण्डै एक करोड रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ ।

आगलागीबाट चौमाला बजारका विष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा एक लाख ५० हजार, जयसिंह भण्डारीको किराना पसलमा १५ लाख, पारस सापकोटाको मोबाइल पसलमा १० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ ।

यस्तै, हिमाल पुनमगरको मोबाइल पसलमा १२ लाख रुपैयाँ, छविलाल खनालको हार्डवेयर पसलमा ४५ लाख र टङ्कप्रसाद आचार्यको सुज सेन्टरमा ३० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।

हिमाल पुनमगरको मोबाइल ग्यालरी पसलमा हिजो बेलुका अचानक विद्युतको लाइन चुहावट भइ लागेको आगो नजिकै रहेका अन्य पसलमा सल्केको थियो ।

आगलागीको घटनालगत्तै घटनास्थल पुगेको वनवेहँडामा रहेको सशस्त्र प्रहरीको रिजर्व गण, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियता तथा घोडाघोडी र गोदावरी नगरपालिकाको दमकलका सहायतामा झण्डै एक घण्टापछि आगो निभाइएको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *