२०८२ मङ्सिर २७ गते शनिवार

स्थानीय पाठ्यक्रमका विषयवस्तुबारे जानकारी लिन राजविद्या पाठशालाका विद्यार्थीहरू उपमहानगरपालिकामा पुगे

दाङ ,असोज २५ । घोराहीको एक विद्यालयका विद्यार्थीहरू स्थानीय पाठ्यक्रममा रहेका विषयवस्तुबारे थप जानकारी लिन उपमहानगरपालिका पुगेका छन् ।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित राजविद्या पाठशालाका विद्यार्थीहरू स्थानीय पाठ्यक्रममा समेटिएका विषयमा थप ज्ञान लिन उपमहानगरपालिका कार्यालयमा पुगेका हुन् ।

विद्यालयले नै तयार गरेको स्थानीय पाठ्यक्रममा रहेको दाङ जिल्लाका पालिका र पालिकाका काम, कर्तव्यका बारेमा थप जानकारी लिन उपमहानगरपालिका पुगी नगर प्रमुख नरूलाल चौधरीलाई भेटी परामर्श गरेका छन् ।

कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरूले नगर प्रमुख चौधरीसँग उपमहानगरपालिकाबाट नागरिकले प्राप्त गर्ने सेवा सुविधा, प्रक्रिया, मेयरका काम कर्तव्य तथा उपमहानगरपालिकाको शैक्षिक अवस्था लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

विद्यार्थीले राखेका जिज्ञासाबारे नगर प्रमुख चौधरीले जवाफ दिदैं स्थानीय सरकारले गर्ने काम कर्तव्यका बारेमा समेत स्पष्ट पारेका थिए ।

प्रकाशित मिति : २०७९ असोज २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *