२०८१ बैशाख ७ गते शुक्रवार

बालिका बलात्कार गरेको अभियोगमा ३१ बर्षीय युवक पक्राउ

दाङ, फागुन १५ । दाङ प्रहरीले ११ बर्षीया एक बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा घोराहीका एकजना ३१ बर्षीय युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एवं डिएसपी रामप्रशाद घर्तीले बालिका बलात्कार गरेको अभियोगमा घोराही उपमाहानगरपालिका वडा नं. १८ अम्वापुर निवासी ३१ बर्षीय सुनिल थापालाई पक्राउ गरिएको जानकारी दिए ।

थापाले मादक पदार्थ सेवन ११ बर्षीया बालिका जवरजस्ती करणी गरेको अभियोग लागेको हुँदा पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

अभियुक्त थापाले फागुन १३ गते विहान ४ बजेको समयमा ती बालिकालाई जवरजस्ती करणी गरेको अभियोग लागेको छ । सुचना अधिकारी घर्तीले पीडितको जाहेरीका आधारमा थापालाई पक्राउ गरि करणी सम्वन्धी मुद्दा दर्ता गरि आवश्यक कारवाही अगाडि बढाइएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *