२०८१ मङ्सिर २७ गते बिहिवार

युवा,समाज र हामी आफैलाइ उत्कृष्टता प्रदान गर्न – अप्टिमिष्ट

मान बहादुर बस्नेत,

अध्यक्ष :अप्टिमिष्ट क्लब अफ तुलसीपुर
हरेक मानिसको जिवन र जगत लाइ हेर्ने, बुझ्ने र सोहि अनुरुपको धारण र जिवन ब्यवहार निर्धारण गर्ने दर्शन रहेको हुन्छ।

मानिस लाइ सत्य कुरा बुझ्न, सहि दृष्टिकोण वा धारण निर्माण गर्न, मानव समाज रुपान्तरणको लागि मार्गदर्शन गर्न, चिन्तनका आम नियमहरु लागु गर्न, पदार्थ र चेतनाको अन्तरसम्बन्धको अध्ययन गर्न र समाजको बास्तबिकता बोध गर्न दर्शनको महत्वपुर्ण भुमिका रहेको हुन्छ। हो यस्तै सकारात्मक दृष्टिकोणद्वारा निर्देशित आशावादी जिवन दर्शनको प्रबर्दन गर्ने उद्देश्यले स्थापित सस्था हो Optimist International.


मानिसले बर्तमान समयमा अत्यन्त ब्यक्तिबादि, ब्यस्त र तनावपुर्ण जिवन बाचिरहेको छ जसले गर्दा एउटा खुसियाली पुर्बक बाच्न सकिरहेको छैन। यस्तो तनावपुर्ण जिवनमा सकारात्मक र आशावादी जिवन दर्शनको अबलन्बन गर्न सके मानिसको जिवन स्वस्थ, आनन्दमय र उर्जाशिल हुन्छ।

त्यसैले मानव जिवनमा सकारात्मक सोच र आशावादी जिवन दर्शनको अत्यन्त महत्व रहेको छ जसले गर्दा आफ्नो उद्देश्य र गन्तब्यमा पुग्न प्रेरित गर्दछ।आशावादी जिवन दर्शन नै उन्नति र समृद्धिको आधार पनि भएकोले सम्पुर्ण नया पुस्तालाइ सकारात्मक सोचको अभिबृद्धि गर्दै एक सक्रिय , सिर्जनसिल, उर्जाशिल नागरिकको रुपमा परिनत गरि मुलुक र समाजको भबिष्य उज्ज्वल बनाउनु आजको आबश्यक्ता हो।


खासगरी बालबालिका तथा किशोर किशोरी हरुमा सकारात्मक भाबना तथा आशावादी जिवन दर्शनको प्रबर्दन गर्ने पुनित उद्देश्यले स्थापित एक अन्तरराष्ट्रिय सस्था Optimist International समाज रुपान्तरणमा थुप्रै उल्लेखनीय कार्य गर्दै आइरहेको छ। यसले बालबालिका र बिभिन्न समुदायमा आधारित सकारात्मक दृष्टिकोणद्वारा निर्देशित कृयाकलाप गर्दै आइरहेको छ।

बालबालिकाको सर्बान्ङ्गिन बिकास गर्न Oratorical Competition, Scholarship Contest,Essay Competition, Sports Leagues जस्ता कार्यक्रमका साथसाथै बालबालिकाको स्वास्थ सङ सम्बन्धि बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ।

त्यसैगरी मानसिक र शारीरिक अपाङ्गता भएका बालबालिका तथा किशोर किशोरी हरु प्रति लक्षित कृयाकलाप समेत गर्दै आइरहेको छ। समाजमा मानिस हरुलाइ आशा, भरोसा र सकारात्मक सोचको अभिबृदि गर्दै ब्यक्ति, समाज र राष्ट्रलाइ नै उत्कृष्टता प्रदान गर्नु अप्टिमिष्टको मुख्य ध्येय रहेको छ।

बिभिन्न सामाजिक कृयाकलाप र शिक्षामुलक कार्यक्रम गर्दै आइरहेको अप्टिमिष्टले Wellbeing Initiatives अन्तर्गत Positive Education, Constructive Journalism जस्ता बिबिध बिषयमा वकालत गर्दै आइरहेको छ। यसका साथ साथै Childhood Health and Wellness, Respect of Law, Promotion of Non-Violence, Youth Safety, Youth Appreciation जस्ता सामाजिक कार्यहरु समेत गर्दै आइरहेको छ।


भौतिकवादले गाजेको हाम्रो समाजमा सकारात्मक सोच, माया, दया, करुणा, सदभाव र सेवा भावलाइ आत्मसाथ
गर्दै सकारात्मक दृष्टिकोणद्वारा निर्दिशित आशावादी जिवन दर्शनको प्रबर्दन गर्दै बालबालिका, किशोर किशोरी तथा युवापिढिको चौतर्फी बिकासका निम्ति कृयाकलाप सन्चालन गर्दै सम्पुर्ण मानिसहरुमा सकारात्मक जिवनशैलि अपनाउन अभिप्रेरित गर्दै सकारत्मक सोचका साथ आफुलाइ परिबर्तन गर्दै जिवनमा रुपान्तरणको आबश्यकता पर्दछ। जय अप्टिमिष्ट !

प्रकाशित मिति : २०७९ भाद्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *