२०८१ साउन ९ गते बुधवार

चितुवाको आक्रमणबाट आमा छोरा घाइते

तनहुँ,भदौ १३ । चितुवाको आक्रमणबाट तनहुँमा आमा छोरा घाइते भएका छन् ।

घाइते हुनेमा व्यास नगरपालिका–११ पातीघारी बस्ने ४९ वर्षीय दिलमाया गुरुङ र उनका नौ वर्षीय छोरा शंकर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गएराति घरभित्र कोठामा आमाछोरा विस्तारामा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए ।

‘नयाँ बन्दै गरेको आफ्नै घरमा आमाछोरा एउटै कोठामा सुतिरहेका रहेछन् । त्यतिकैमा चितुवा कोठामा छिरेर सुतिरहेको छोरालाई आक्रमण गरेछ ।

थाहा पाएर लखेट्न खोज्दा उनलाई पनि आक्रमण गरेको हो,’ डीएसपी खड्काले बताए । नयाँ बन्दै गरेकाले घरमा झ्याल ढोका राख्न नभ्याएका कारण उनीहरू त्यतिकै कोठामा सुत्दैआएका थिए । छोराको बायाँ कानमाथि चोट लागेको छ भने आमाको हत्केला र नाडीमा चिथोरेको हो ।

उनीहरूको दमौली अस्पतालमा उपचार गरिएको थियो । अवस्था भने सामान्य रहेको डीएसपी खड्काले बताए । पछिल्लो समय तनहुँमा चितुवा आतंक बढ्दै गएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *