तुलसीपुर, फागुन १० । प्रदेश नम्वर ३ ख का सांसद उत्तरकुमार वलीको निधनमा तुलसीपुर उपहानगरपालिकाले ३ ख अन्तर्गतका वडा कार्यालयहरु शोकमा वन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेका अनुसार ३ ख अन्तर्गत पर्ने वडा नम्वर १, २ ,१० र ११ का वडा कार्यालयहरु शोकमा वन्द हुने भएका हुन् । नगरप्रमुख पाण्डेले १३ दिनसम्म वडा कार्यालयहरुमा शोक पुस्तिका राख्नका लागि समेत निर्देशन दिएका छन् ।
प्रकाशित मिति : २०७५ फाल्गुन १० गते शुक्रवार