शिवु खनाल,
देउखुरी, फागुन १० । दुर्गम र अति विकट बस्तीको रुपमा चिनिन्छ दाङको राजपुर गाउँपालिका । पूर्व बेला देखि सुरु भइ, पश्चिम गोठ्वा सम्म राजपुर गाउँपालिकाको घनघोर बस्ती रहेको छ । त्यही दुर्गम र अति विकट बस्तीको रहि आफ्नो जिवन जसोतसो चलाउदै आएकी छिन् राजपुर गाउँपालिका वडा नम्बर ६ पुष्पा चौधरी । न कुनै हातमा सिप छ, नत कुनै रोजथारी । घरको काम बाहेक अन्य केही काम गर्न आउदैँन चौधरी लाई । चौधरीलाई एउटा राम्रो उद्यमी महिलाको रुपमा चिनिने मनसाय छ’–चौधरी भन्छिन, – एउटा असल उद्यमी बनि घर चलाउनु छ । अन्य आय स्रोत केही छैन । श्रीमान्ले पनि केही गर्नुहुन्न घरको काम बाहेक । घरखर्च चलाउन निकै गाह्रो छ । सबै किनेर खानु पर्छ । छोराछोरी लाई पढाउन पनि समस्या भयो ।
यस्तै सविता चौधरीको श्रीमानले घर देखि बाहिर रहेर बनाउने काम गर्छन तर, आफुचाहि विहान साझँ घरभित्र बाहिर बाहेक अन्य केही काममा हात नहालेको दुखेसो सुनाइन । सासु ससुराको दबाबमा बस्न बाध्य छु, सविता भन्छिन, गाउँमा रोजगारी छैन । विहान साझँ घरको काम ग¥यो, सासु ससुराको दबाबमा रहन बाध्य छु । केही कामधाम नगर्ने, खाने बस्ने बाहेक अन्य केही काम छैन, सासु ससुराबाट दिनकै यही कुरा सुन्दै दिन वित्दै गएको चौधरीले बताइन । आफ्नो वडा गइ जनप्रतिनिधि संग सोध्छु, केही सिपमुलक तालिम भयो भने भन्नुहोला । उद्यमी बनि एउटा सुखी जिवन विताउन मन छ, कसरी उद्यमी बन्ने हो, चौधरी भन्छिन, अवसरको पर्खाइमा छु । घर चलाउन पनि गाह्रो हुने रहेछ रोजगारी विना ।
राजपुर गाउँमा योत एउटा उदाहरणको पत्रो मात्रै हो । यस्ता अन्य समस्याहरु कती छन् कती । स्वास्थ्य, शिक्षा, बाटोघाटो, खानेपानी, सञ्चार लगाएत अन्य विकासका पूर्वधारहरुको पहुँचबाट बञ्चित भइ दुर्गम गाउँमा बस्न बाध्य रहेका दाङको राजपुर गाउँबासीहरु । गाउँपालिकामा अहिले पुलको पनि निकै समस्या रहेको छ । गाउँमा पुल नहुदा बर्खायाममा वारी र पारी गर्न निकै कष्टकार जिवन भोग्दै आएको बताउछन् गाउँबासीहरु ।