२०८१ चैत्र ६ गते बुधवार

एसईईमा ३.२० जीपीए ल्याउने विद्यार्थीलाई रेसुङ्गा नगरपालिकाले मासिक ४ हजार दिने

गुल्मी,साउन २२ । रेसुङ्गा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईई०मा ३.२० जीपीए ल्याएर जिल्लामै पढ्ने विद्यार्थीहरुलाई मासिक चार हजार दिने भएको छ ।

अध्ययन प्रोत्साहनका लागि नगरपालिकाभित्रै पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रममार्फत नगरपालिकाले सहयोग घोषणा गरेको हो ।

शौक्षिक पलायन, बसाइँसराइ जस्ता प्रमुख समस्याहरुलाई रोक्नका लागि यस्तो कार्यक्रम ल्याइएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

उनले नगरपालिकाभित्र शौक्षिक गुणस्तर वृद्धि गर्न यस्तो कार्यक्रम आबश्यक रहेको उल्लेख गरे । यस कार्यक्रमले यहाँका नगरिकहरुले आफ्ना छोराछोरीहरुको भविष्य सुनिचित गर्न सहयोग पुग्ने अपेक्षा नगरपालिकाको रहेको छ ।

तोकिएको अंक ल्याएका विद्यार्थीहरु रेसुङ्गा नगरपालिका अन्र्तगतका विद्यालयमा अध्ययन गरेका र नगरपालिकाको स्थायी ठेगाना भएको हुनुपर्नेछ ।

नेपालको जुनसुकै विद्यालयमा अध्ययन गरी (एसईई)०७८ को नतिजामा ३.२० देखि माथि जि.पि.ए ल्याएका विद्यार्थीलाई नगरपालिकाले अध्ययन प्रोत्साहन छात्रवृत्ति उपलध्ध गराउने रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।

आगमी शौक्षिक सत्रदेखि निरन्तर यो अभियान जारी रहने उल्लेख गरिएको छ । रेसुङ्गा नगरपालिका भित्र ०७८ को माध्यामिक शिक्षा परीक्षाको (एसईई) मा विभिन्न विद्यालयमा अध्ययन गरी ३.२० जीपीए ल्याउने विद्यार्थी संख्या हालसम्म १४६ रहेको छ ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *