२०८२ मङ्सिर २३ गते मङ्गलवार

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु

कपिलवस्तु,साउन १८ । कपिलवस्तुमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ मा लु ६४ प ५७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर रुखमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

मृत्यु हुने मोटरसाइकल चालक बाणगंगा वडा नं २ का २५ वर्षीय रमेश विश्वकर्मा र पछाडि बसेका स्थानीय २७ वर्षीय गोपाल विश्वकर्मा रहेका प्रहरीले जनाएको छ ।

रुखमा ठोक्किएर गम्भीर घाइते भएका दुवै जनालाई लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *