शिवु खनाल,
देउखुरी, फागुन ३ । परियोजना अनुगमन तथा समन्वय समितिका लागि हेफर आधारशिलता तिनदिने गोष्ठी लमहीमा सुरु भएको छ । हेफर इनटरनेशनल नेपालको सहयोग, ग्रामिण महिला उत्थाान केन्द्र घोराहीले आयोजनामा गरेको कामर्यक्रममा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन ।
गुणस्तर जिवन र समृद्ध समाज निर्माणका लागि स्व–नेतृत्व तथा सकरात्मक सोचको आवश्यक र महत्वको बारेमा छलफल र महशुस गर्नु, गुणस्तर जिवन र समृद्ध समाज निर्माणका लागि हेफरका बाह्र आधारहिलतामा छलफल गर्दै, व्यक्तीगत जिवन र सामाजिक रुपान्त्रणमा आधारशिलताको व्यावरिक प्रयोग क्षेत्रहरु उजागर गर्ने मुख्य उद्देश्य रहेको ग्रामिण महिला उत्थान केन्द्र परियोजना संयोजकले बताए ।
कार्यक्रममा लमही नगरपालिका र राजपुर गाउँपालिकाका कार्यपालिका सदस्यहरुको सहभागिता रहेको छ । तिनदिने गोष्ठीको सहजकर्ता राजकुमार पाण्डे रहेका छन । कार्यक्रम तिनदिन सम्म सञ्चालन हुनेछ।