२०८२ मङ्सिर २३ गते मङ्गलवार

थप १ सय ६८ जनामा कोरोना सङ्क्रमण

काठमाण्डौ,असार २७ । पछिल्लो २४ घण्टामा एक सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी तीन हजार २० जनाको नमुना परीक्षण गर्दा एक सय ६८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ३७ जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा सात सय ७० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

यसैबीच थप ३५ हजार चार सय दुई जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *