२०८१ मङ्सिर १७ गते सोमवार

महिलाहरु उद्यमशिल हुन जरुरी छ ः उपाध्यक्ष खड्का

दंगीशरण,जेठ २९ । दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमाकुमारी खड्काले हरेक महिलाहरु उद्यमीशिल हुन जरुरी रहेको बताएकी छिन

आर्थिक रुपले जहिले पनि पिछडिएका महिलाहरुकालागि स्थानीय सरकार आएदेखि नै महिला नेतृत्व तथा उद्यमशिलतासँग जोडिएका कार्यक्रमहरु संचालनमा आईरहेकाले यसलाई कार्यान्वयनगर्नुपर्ने कुरामा जोड दिइन ।

दंगीशरण गाउँपालिकाको आयोजनामा विपन्न महिलाहरुका लागि स्थानीय उत्पादन बाट १० दिने अचार बनाउँने तालिम समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष खड्काले यस्तो बताएकी हुन ।

पाचँ वर्षको अवधिमा कैयौँ वडामूखी महिला उधमशिल तथा क्षमता विकास कार्यक्रमहरु गरेपनि कुनै पनि वडामा महिलाहरु उधमी तरीकाले ब्यवसायमा लागि नपरेको भन्दै अवको पाँच वर्षमा कार्यक्रम पश्चात अनुगमनका कार्यक्रम अगाडि बढाउँने बताइन ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमबहादुर खड्काले महिलाहरु ईच्छा शक्तिलाई बाहिर ल्याई सिकेको सिपलाई बाहिर ल्याउँन आग्रह गर्दै गाउँपालिकाले महिलाहरुको माग बमोजिम नै अवका दिनमा कार्यक्रमहरु संचालनमा ल्याउँने बताइन ।

तालिममा सहभागिहरुले तालिमपछि समुह बनाएर ब्यवसायसंग जोडिने प्रतिवद्धता जनाएका थिए । सो अवसरमा सहभागिहरुलाई प्रमाण पत्रप्रदान गरिएको थियो ।

२५ जनामहिलाहरुको सहभागिता रहेको तालिमको प्रशिक्षकमा शारदा आचार्य र शान्ता पौडेल रहेका थिए । कार्यक्रमको सहजीकरण महिला बालबालिका शाखाका चन्द्रा वलीले गरेकी थिइन ।

प्रकाशित मिति : २०७९ जेष्ठ २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *