२०८१ मङ्सिर २४ गते सोमवार

शेयर बजारको अवस्थाप्रति गम्भीर छु ः गभर्नर अधिकारी

काठमाण्डौ,जेठ २४ । शेयर बजारमा देखिएका समस्या समाधानका लागि नेपाल पुँजीबजार लगानीकर्ता सङ्घले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर ध्यानाकर्षण गराएको छ ।

अधिकारीलाई भेट्न आज मङ्गलवार राष्ट्र बैंकको मुख्यालय बालुवाटार पुगेका सङ्घका प्रतिनिधिले सरकार र राष्ट्र बैंकका नीतिका कारण साना लगानीकर्ता निकै समस्यामा परेको गुनासो गरेका छन् ।

साना लगानीकर्तालाई परेको समस्या गभर्नर समक्ष राखेको सङ्घकी अध्यक्ष राधा पोख्रेलले जानकारी दिए ।

जवाफमा गभर्नर अधिकारीले राष्ट्र बैंकले नीति बनाउने बेलामा शेयर बजारलाई मात्रै हेरेर बनाउन नमिल्ने तर लगानीकर्तालाई परेको मर्का आफूले बुझेको बताएका थिए । ‘तपाईँहरूको समस्याप्रति म गम्भीर छु, के–कसरी समाधान गर्न सकिन्छ, थप छलफल र अध्ययन गरौँला’, गभर्नरको भनाइ उद्धृत गर्दै अध्यक्ष पोख्रेलले भने ।

सङ्घले यसअघि अस्ति आइतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर समस्या सुनाएको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *