२०८१ असार ८ गते शुक्रवार

बार्दलीमा बसेर मोबाइल चलाउँदा लडेर घाइते

काठमाडौं,जेठ २२ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी,नारायणटारमा मोबाइल चलाउँदा बार्दलीबाट लडेर युवक गम्भिर घाइते भएका छन् ।

दोलखा घर भई नारायणटारस्थित राई स्कुल नजिक बस्ने २० वर्षीय छेवाङ शेर्पा गम्भिर घाइते भएका हुन् ।

शेर्पाको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

धर्म आचार्यको घरको तेस्रो तलास्थित डेरामा मोबाइल चलाउँदा उनी अचानक लडेका हुन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *