२०८३ असार २७ गते शनिवार

झापामा दश महिनामै बलात्कार घटनामा पक्राउ परे ८६ अभियुक्त

झापा,जेठ १८ । विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ को १० महिनामा सबैभन्दा बढी जबरजस्ती करणीका ७२ जाहेरी परेका छन्। ती घटनामा ५६ अभियुक्त पक्राउ परिसकेका छन्।

सोही अवधिमा बाल यौन दुराचारका १९ र जबर्जस्ती करणी उद्योगका १३ घटना भएका छन्। बाल यौन दुराचारका १७ र जबर्जस्ती करणी उद्योगका १० अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।

बलात्कृत हुनेमा चार वर्षीया बालिकादेखि ६० वर्षीया वृद्धासमेत छन्। पछिल्लो समय बाल यौन दुराचारका घटना बढेका छन्।

अधिकांश बलात्कारका घटनामा प्रायः परिवार, नातागोता, शिक्षक र छरछिमेकी अभियुक्त पाइएको पाठकले बताए।

‘अधिकांश घटना नजिकका आफन्तबाट भएका देखिन्छन्’, उनले भने।

यस्ता आपराधिक क्रियाकलापमा पढेलेखेका र समाजमा पहिचान बनाएका व्यक्तिको समेत संलग्नता पाइएको छ। बलात्कारका घटनाका २० अभियुक्त अझै फरार छन्।

प्रकाशित मिति : २०७९ जेष्ठ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *