२०८१ असार ९ गते शनिवार

देशका पहाडी क्षेत्रमा मौसम बदली

काठमाण्डौ,जेठ १८ । देशका पहाडी क्षेत्रमा मौसम बदली भएको छ ।

अहिले प्रदेश–१ र गण्डकीका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा घाम लागेको छ ।

अहिले घाम लागे पनि मौसम फेरि बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। दिउँसो प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ ।

कतैकतै हावाहुरीसहित हल्का वर्षाको पनि सम्भावना छ । नेपालमा अहिले स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *