२०८२ बैशाख ७ गते शनिवार

सम्पत्ति शुद्धीकरण मुद्दामा दिल्लीका स्वास्थ्य मन्त्री पक्राउ

काठमाडौं,जेठ १७ । भारतको दिल्ली सरकारका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन् ।

अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री जैन सन् २०१५र०१६ मा कोलकाताको एक फर्मसँगको लेनदेनमा संलग्न भएको आरोपमा पक्राउ परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले जैन र उनको परिवारविरुद्ध २०१७ को अगस्टमा १ अर्ब ६२ करोड भारतीय रुपैयाँ सम्पति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

जैन पक्राउ परेकोमा आम आदमी पार्टीले विरोध गरेको छ । जैन हिमाञ्चल प्रदेशका आम आदमी पार्टीका इञ्चार्ज समेत रहेका छन् । आम आदमीले भ्रष्टाचार र अनियमितता विरुद्ध आवाज उठाउँदै आएको छ ।

केही दिन अघि पञ्जाब सरकारका स्वास्थ्यमन्त्री पनि ठेकेदारसँग घुस मागेको आरोपमा पक्राउ परेका थिए । घुस मागेको आरोपमा बर्खास्तीमा परेका पञ्जाबका स्वास्थ्य मन्त्री विजय सिंगला गएको १० गते पक्राउ परेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *