२०८१ मङ्सिर १७ गते सोमवार

यौन हिंसाका मुद्दामा हदम्याद बढाउन संसद सचिवालयमा विधेयक

काठमाडौं,जेठ १५ । यौन हिंसाको मुद्दामा उजुरी गर्ने हदम्याद बढाउने सम्बन्धी विधेयक संसद सचिवालयमा पुगेको छ ।

यौन हिंसाका मुद्दामा पीडितले उजुरी गर्ने हदम्याद बढाउनुपर्ने चौतर्फी आवाज उठेका बेला सरकारले उक्त विधेयक लगेको हो ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले यौन हिंसाको मुद्दामा हदम्याद बढाउने सम्बन्धी विधेयक आइतबार दर्ताका लागि संसद सचिवालयमा लगेका हुन् ।

मुलुकी अपराध संहितामा हाडनाता करणी र नाबालकमाथिको बलात्कारबाहेक अरु बलात्कार तथा यौन हिंसाको मुद्दामा पीडितले उजुरी गर्न पाउने हदम्याद एक वर्ष तोकिएको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *