२०८१ मङ्सिर २४ गते सोमवार

ग्यास बुलेटमा लागेको आगो निभाइएपछि नारायणगढ–मुग्लिन सडक खण्ड खुल्यो

काठमाण्डौ,जेठ १३ । नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । ग्यास बुलेटमा आगलागी भएपछि बन्द भएको सडक खण्ड आगो निभाइएपछि दुईतर्फी रूपमा नै सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ ।

पन्ध्र किलो भन्ने ठाउँमा ग्यास बोकेको बुलेटमा आगलागी भएपछि ग्यास लिकेज भएको हुन सक्ने र जोखिम बढाएको भन्दै सडक बन्द गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आगलागीबाट बुलेटको क्याबिन र अगाडिको टायरमा क्षति पुगेकोे छ । बुलेटमा रहेको ग्यास भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

नारायणगढबाट मुग्लिन जाँदै गरेको यूपी १७ एटी ८६२७ नम्बरको बुलेटमा आज शुक्रवार दिउँसो १ बजेतिर आगलागी भएको थियो । सडक सञ्चालनमा आएसँगै सडकमा रोकिएका गाडी आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *