देउखुरी, १७ माघ । लमही जेसिजको पद हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको छ । विहिवार एक कार्यक्रमका विच लमहीमा १९ औँ पद हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको हो । लमही जेसिजका पूर्व २०१८ का अध्यक्ष खेमराज घिमिरेको अध्यक्ष तथा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा पदहस्तान्त्रण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले लमही जेसिजले गरेको कामको प्रशंसा गर्दै, आउने दिनहरुमा लमही जेसिजले नयाँ योजना बनाएर अगाडि बढ्न आग्रह गर्नुभयो । प्रमुख अतिथि समेत रहनु भएको नगर प्रमुख केसीले पदभार ग्रहण गरेको सबै जेसिज मनहरुलाई सफल कार्यकालको शुभकामना दिनस भएको छ ।
कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासे, पूर्व अध्यक्ष कमलजंङ सिंह ठकुरी, सुशिला पौडेल, तुल्सिपुर नगर जेसिजका अध्यक्ष मेगराज घिमिरे, त्रिभुवन नगर जेसिजका अध्यक्ष बसन्तराज अधिकारी, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष लालमणि धण्डारी रत्नप्रसाद श्रेष्ठ, बसन्तकमार भण्डारी, लगाएतकाले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण लमही जेसिजका माहासिचव फर्णाधर ढकालले गर्नु भएको थियो ।
मायोको चिनो प्रदान
लमही जेसिजको पदहस्तान्त्रण कार्यक्रममा विभिन्न व्यक्तीहरुलाई मायाको चिनो प्रदान गरेको छ । वर्ष २०१८ का लमही जेसिजका विभिन्न ३८ जना पधादिकारी तथा पत्रकार दिवाकर पोख्रेल र शिवु खनाललाई लमही जेसिजले पदहस्तान्त्रण कार्यक्रमका विच मायाको चिनो प्रदान गरेको हो