२०८१ मङ्सिर १८ गते मङ्गलवार

भारतको बिहारमा चट्याङ र हावाहुरीका कारण ३३ जनाको ज्यान गयो

एजेन्सी । भारतको बिहारमा चट्याङ र हावाहुरीका कारण ३३ जनाको ज्यान गएको छ ।

हिजो दिउँसो तीव्र गतिमा चलेको हावा हुरी र चट्याङमा परेर बिहारका १६ वटा जिल्लामा ३३ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।

हावाहुरी र चट्याङले करोडौँ मूल्य बरारबको भौतिक सम्पत्ति पनि नष्ट गरेको खबरमा उल्लेख छ । कयौँ ठाउँमा बिजुलीका खम्बा ढलेका, पुल भत्किएका र रुख ढल्दा घर भत्किएका र सडक बन्द भएका छन् । पटनाको मौसम विभागले अझै केही दिन तीव्र गतिमा हावाहुरी चल्ने पूर्वानुमान गरेको छ ।

बिहारका मूख्यमन्त्री नितिश कुमारले ज्यान गुमाएका परिवारलाई ४ लाख रुपैयाँका दरले राहत दिने घोषणा गरेका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितलाई राहत र उद्धारको लागि निर्देशन दिएका छन ।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *